झ्याप्लेखोलाबाट २५ शव निकालियो

न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता

वेलिङ्टन । न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ ।

प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन्  । त्यसैगरी  अन्य छ जनाको भने उद्धार गरिएको छ ।

उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्।

काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल  अवलोकनका लागि प्रसिद्ध छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। 
 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  १२ : २४ बजे