झ्याप्लेखोलाबाट २५ शव निकालियो

मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।

 सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।
सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए।

"यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो," सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई  बताएका छन् ।

घटना बारे सक्रिय  रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।
 

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ११ : ४४ बजे