झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतीय वायुसेनाको विमान दुर्घटना; दुई जनाको मृत्यु

नयाँदिल्ली – भारतको पश्चिमी राज्य राजस्थानमाप्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्तभएको भारतीयवायुसेना (आईएएफ) का दुई विमान चालकको मृत्यु भएको छ । मि–¬२१ जेट उडानको क्रममा दुर्घटना भएकोअधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रशिक्षण उडानमा रहेकोविमान राजस्थानको राजधानी जयपुरबाट करिबपाँच सय ३२ किलोमिटर पश्चिममा रहेको बारमेर जिल्लामा बिहीबार ढिलो दुर्घटनामा परेको थियो ।

भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएकाहरुका प्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूसँग दृढतापूर्वक खडा रहेको जानकारी दिएको छ ।  एक अदालतको जाँचको आदेश दिइएको पनि वायुसेनाकाअधिकारीहरुले जानकारी दिएका छन् । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  २ : ५२ बजे