झ्याप्लेखोलाबाट २५ शव निकालियो

नेपालीले एक वर्षमा ३ करोड १४ लाखभन्दा बढीको पानको पात चपाए 

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड १४ लाख रुपैयाँभन्दा बढीको पानको पात आयात गरेको छ । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पानको पात नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

सो अवधिमा नेपालले ३ करोड १४ लाख ८७ हजार रुपैयाँको पानको पात आयात गरेको छ । विभागका अनुसार उक्त मूल्यमा १ लाख ५३ हजार १०३ केजी पानको पात नेपाल भित्रिएको छ । 
नेपाल भित्रने सबै पानको पात भारतबाट आउने गरेको विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले २ करोड ३७ लाख ९४ हजार रुपैयाँमा १ लाख ३३ हजार ५७३ केजी पानको पात भारतबाट आयात गरेको थियो । 

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ०४ बजे