झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँदिल्ली ।  बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । 

विगत तीन दिनसम्म कोरोना सङ्क्रमितको यो सङ्ख्या २० हजार भन्दा कम  रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाख ५९ हजार तीन सय २१ पुगेको छ । देशभर एक लाख ४६ हजार तीन सय २३ सक्रिय सङ्क्रमित छन् । 

पछिल्लो एक दिनमा १९ हजार दुई  १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७  पुगेको छ । 

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४४ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार  दुई सय ११ जनाको मृत्यु भएको छ । 

महामारी शुरु भएयता ८७ करोड ३६ लाखभन्दा बढीको परीक्षण गरिएको छ । सन् २०२१ को जनवरी १६ देखि देशभर कोभिड–१९ विरुद्ध खोप अभियान जारी छ । अभियानअन्तर्गत हालसम्म दुई अर्ब मात्राभन्दा बढी खोप लगाइएको छ । 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ४ : ०३ बजे