झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोरोना भाइरस पहिलो पटक उत्पत्ति भएको वुहानमा फेरि लकडाउन

बेइजिङ । कोरोना भाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको  छ ।  

वुहान उपनगरको जनसङ्ख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् । कोभिड विरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ । 

तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन् । तसर्थ,धेरैले यसको विरोध गरेका छन् । 

१ करोड २० लाख जनसङ्ख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो । 

त्यस्तै कनट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा सङ्क्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो । एजेन्सी 

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ९ : ५६ बजे