झ्याप्लेखोलाबाट २५ शव निकालियो

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदीकाे मूल्य घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

साेमबार प्रतिताेला ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । साेमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।
 
 यसैगरी, म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा काराेबार भएकाे थियो । 

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलबार  ११ : ५२ बजे