झ्याप्लेखोलाबाट २५ शव निकालियो

विराटनगरमा पाँचतारे होटल खुल्दै

​​​​​​​काठमाडौं– प्रदेश नं १ को राजधानी विराटनगरमा पाँचतारे होटल सञ्चालन हुने भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं व्यावसायी मोतीलाल दुगडको लगानीमा होटल र्याडिसन सञ्चालन हुने भएको हो । होटलको भौतिक पूर्वाधार तयार हुने क्रममा रहेकोले अबको १८ महिनापछि पूर्ण रुपमा सेवा दिन सकिने दुगडले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

१ सय ४६ वटा कोठा हुने होटलमा क्यासिनो सुविधा समेत उपलब्ध हुने दुगडले बताउनुभयो । सेन्चुरी मल पनि सोही भवनमा सञ्चालन हुने सेन्चुरी ग्रुपले जनाएको छ । ३ अर्ब रुपैंया लगानी यो होटलले प्रदेश नं १ को पर्यटकीय चहलपहललाई थप सहज हुने दुगडको भनाइ छ ।

‘विश्वका अग्ला हिमालहरु प्रदेश नं १ मा छन्,पाथिभरा,हलेसी जस्ता धार्मिक स्थल पनि प्रदेश नं १ मा छन्,इलाम,धनकुटा र गुराँसको राजधानी पनि प्रदेश नं १ मा नै छन्’ संघीय साँसद समेत रहेका दुगडले भन्नुभयो ‘त्यसले गर्दा विराटनगरमा सुविधा सम्पन्न होटलको आवश्यकता थियो । अब त्यो आवश्यकता पुरा हुनेछ । ’

होटलको व्यवस्थापन र्याडिसन होटलले गर्ने भएको छ ।

आजको कार्यक्रममा होटल सञ्चालक संस्था सेन्चुरी ग्रुप अफ कम्पनिज र होटल र्याडिसनबीच होटल सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

करिब ५ वर्ष अघि होटल ह्यारिसन सुरु गरेर त्यसको सफलता पछि र्याडिसन होटल सुरु गर्न लागेको दुगडले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ७ : ४९ बजे