झ्याप्लेखोलाबाट २५ शव निकालियो

कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा एकै दिन ६० जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण २१ हजार ८८० सङ्क्रमित भएका छन् । 

योसँगै भारतमा महामारी सुरु भएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ३८ लाख ४७ हजार ६५ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ६० जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ५ लाख २५ हजार ९३० जनाको मृत्यु भएको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ४९ हजार ४८२ जना कोरोना भाइरसको सङ्क्रमणका सक्रिय सङ्क्रमित छन् । कुल सङ्क्रमितको शून्य दशमलव ३४ प्रतिशत सक्रिय सङ्क्रमित छन् । 

मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमण निको दर ९८ दशमलव ४६ प्रतिशत छ । एजेन्सी

 

 

 

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ८ : ०९ बजे