झ्याप्लेखोलाबाट २५ शव निकालियो

भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू

भारत -भारतको १५औं राष्ट्रपतिमा भारतको आदिवासी समुदायबाट पहिलो व्यक्ति द्रौपदी मुर्मू निर्वाचित हुनु भएको छ । भारतको सर्वोच्च संवैधानिक पदमा पुग्ने उहाँ दोस्रो महिला हुन् ।

बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ५६ बजे