झ्याप्लेखोलाबाट २५ शव निकालियो

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट रु दुई करोड राजस्व सङ्कलन

नवलपुर । ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो ।  गत आर्थिक वर्षमा मा ३१ हजार १९३ चालकलाई कारबाही गरिएको प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले बताउनुभयो । जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गर्ने सवारी साधनमध्ये सबैभन्दा बढी ट्रक र दोस्रो नम्बरमा मोटरसाइकल रहेका उहाँले बताउनुभयो । विसं २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म ११ हजार ७५३ वटा ट्रक चालक कारबाहीमा परेका थिए । 

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत रु ८४ लाख १५ हजार ५०० राजस्व सङ्कलन गर्न सफल भएको थापाले जानकारी दिनुभयो । त्यस्तै सोही अवधिमा ११ हजार ७१ मोटरसाइकल चालक कारबाहीमा पर्दा रु ७७ लाख ५६ हजार ५०० र दुई हजार ११२ यात्रुवाहक बसलाई कारबाही गर्दा रु १२ लाख ८१ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक थापाले बताउनुभयो । 

चार हजार ४१४ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट रु २५ लाख ८३ हजार ५०० र  एक हजार ७४३ ट्र्याक्टर चालकबाट रु ११ लाख ४५ हजार जरिवाना असुल गरिएको थियो । जिल्लामा गत आव २०७८/७९ मा १२३ वटा सवारी साधन दुर्घटनामा परेका र त्यसमा ३९ जनाले ज्यान गुमाएका थिए भने २३९ सख्त घाइते भएका थिए । 
 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : ४१ बजे