झ्याप्लेखोलाबाट २५ शव निकालियो

प्रधानमन्त्री दौडमा ऋषि सुनकको अग्रता कायमै

लन्डन । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राख्नुभएको छ ।  कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उहाँले आफ्नो अग्रता कायमै राख्नुभएको हो । 

सोमबार भएको कन्जरभेटिभ सांसदको तेस्रो चरणको मतदानमा  सुनकले ११५ मत पाएका छन् भने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले ८२ र विदेशमन्त्री लिज ट्रसले ७१ मत प्राप्त गर्नुभएको छ । यसअघि प्रधानमन्त्री जोनसनले दलको नेताबाट राजीनामा दिए पनि अगस्टपछि मात्र प्रधानमन्त्रीबाट राजीनामा दिने बताउनुभएको थियो ।  

नयाँ प्रधानमन्त्री ५ सेप्टेम्बरमा घोषण हुने कार्यक्रम छ । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : २५ बजे