एजेन्सी । श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासा राष्ट्रपति निर्वाचनको दौडबाट पछि हट्नुभएको छ । उम्मेदवारीको औपचारिक मनोनयन हुन केही मिनेटअघि प्रेमदास पछि हट्नुभएको हो । देशको भलाईका लागि आफू पछि हटेको उहाँले बताउनुभएको छ ।
उहाँको पार्टीले गत साता राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा श्रीलंका पोदुजाना पेरामुनाका नेता तथा पूर्व सञ्चारमन्त्री दुल्लास अलाहपेरुमालाई राष्ट्रपतिमा समर्थन गर्ने जनाएको छ ।
प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार १२ : ०९ बजे
प्रतिक्रिया