झ्याप्लेखोलाबाट २५ शव निकालियो

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले गरे सुरक्षा प्रमुख बर्खास्त

किभ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा निकाय (एसबीयू)का प्रमुख र महअभियोजनकर्तालाई बर्खास्त गरेका छन् । दुई शक्तिशाली संगठनहरूमा देशद्रोहका धेरै घटना भएको भन्दै राष्ट्रपतिले उनीहरूलाई बर्खास्त गरेका हुन् । उनले रुसी कब्जामा रहेका क्षेत्रमा ६० भन्दा बढी पूर्वकर्मचारीहरु युक्रेनविरुद्ध काम गरेको आरोप लगाए ।

सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले जनाएको छ । बर्खास्त गरिएका अधिकारीहरू इभान बाकानोभ र इरिना भेनेडिक्तोभाले यसबारे कुनै टिप्पणी गरेका छैनन् । 
‘यी प्रत्येक प्रश्नले उचित जवाफ पाउनेछ’, युक्रेनी राष्ट्रपतिले भनेका छन् । बर्खास्तगीमा परेकामध्ये एसबीयू प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन् ।
 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : २९ बजे