झ्याप्लेखोलाबाट २५ शव निकालियो

बिलासी बस्तुको आयात प्रतिबन्ध थप ४४ दिन लम्बियो

काठमाडौँ । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई थप गर्दै १४ भदौसम्म पुर्‍याएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो। 

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई १४ भदौसम्म थप गर्ने निर्णय गरेको हो । 

जसअनुसार कुरकुरे कुरमुरे लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तीजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलरभन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयको सूचना अनुसार ३२ इन्च भन्दा बढीको रङ्गिन टिभी, जीप कार भ्यान, १ सय ५० सीसीभन्दा बढीका सबै खाले मोटरसाइकल लगायतका बिलासी बस्तुको सामान छन् । 

मन्त्रालयले १३ वैशाखमा राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । 

पछिल्लो निर्णयसँगै प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। यसअघि प्रतिबन्ध लाग्दै आएको मोटरसाइकलको हकमा १ सय ५० सीसी सम्मको भने आयातमा खुल्ला गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : ४० बजे