झ्याप्लेखोलाबाट २५ शव निकालियो

तोलामा तीन सयले घट्यो सुनको भाउ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा आठ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी तोलामा ३७ रुपैयाँ घटेर प्रतितोला एक हजार एक सय ४५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ०० बजे