झ्याप्लेखोलाबाट २५ शव निकालियो

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

क्वालालम्पुर ।  मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।  यसैसँगै  कोरोना शुरुभएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या  ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 

त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्यांकले जनाएको छ । 

मङ्गलबाार कोरोना सङ्क्रमणको कारण तीन जनाको मृत्युभएको छ ।   कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

 मन्त्रालयका अनुसार गएको २४ घण्टामा  दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामरी शुरु भएयता हालसम्म ४५ लाख  २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।
 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १२ : २० बजे