झ्याप्लेखोलाबाट २५ शव निकालियो

श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागे

कोलम्बो । श्रीलङ्काका राष्ट्रपतिले देश छाड्नुभएको छ । 

श्रीलङ्काको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे आज बिहान सेनाको एउटा विमानमा चढेर देश छोड्नुभएको हो ।

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे मालदिभ्सको राजधानी माले पुग्नुभएको बिबिसीले जनाएको छ । उहाँसँगै पत्नी र एक जना गार्ड पनि सँगै रहेको बताइएको छ । 

राजपाक्षेको प्रस्थानले  श्रीलङ्कामा दशकौँसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिवार उहाँको निवासमा भीडले आक्रमण गरेपछि उहाँ लुकेर बस्नुभएको थियो ।

राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात् आज राजीनामा दिने वाचा गर्नुभएको थियो। उहाँका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छोड्नुभएको बिबिसीले जनाएको छ । उहाँ अमेरिका जाँदै गरेको बताइएको छ ।

राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुसीयाली मनाएका छन् ।एजेन्सी

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : १७ बजे