झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

मेलम्ची कोरिडोरमा २९ स्थानमा तटबन्ध निर्माण 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची कोरिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । 

नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् ।

गत वर्षको मेलम्ची बाढीका कारण उच्च जोखिममा परेको हेलम्बुदेखि दोलालघाट सम्मको क्षेत्रमा तटबन्ध तथा पक्की तार जाली लगाइएको छ ।

यसले नदीको बहाव नियन्त्रण गर्न, बस्ती बाटो संरक्षण लागि राहत पुगेको चनौटेका स्थानीय रविन कक्षपतिले बताउनुभयो । 

४ करोड लागतमा बागमती प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट अस्थायी संरक्षणका लागि ३१ योजना राखिएकामा २९ योजना कार्यान्वयन भएको छ ।

हेलम्बुको चनौटे, किउल, मेलम्ची बजार, चनौटे बजार, बाहुनेपाटिका बजारमा अस्थायी संरक्षणले कटानबाट जोगिएको भू तथा जलाधार व्यवस्थापन कार्यालय सिन्धुपाल्चोक प्रमुख दिवाकर मास्कले बताउनुभयो ।

डेढ मिटर तार जाली प्रयोग गरी आधा मिटर पछाडि छाड्दै ५ मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निर्माण भएका छन् । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तालामाराङको तेर्से मा.वि. र बाहुनेपाटिको जाल्पादेवि मा.वि.का भवन तथा संरचना नदीको कटानबाट जोगिएका जाल्पादेवि माविका प्राचार्य विष्णु गौतमको भनाई छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ९ : ०४ बजे