झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

श्रीलङ्का सङ्कट- राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौँ : प्रदर्शनकारी 

कोलम्बो । आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलङ्काको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । 

राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने शनिवार संसद्का सभामुखले जानकारी दिनुभएको थियो । त्यस्तै, प्रधानमन्त्रीले पनि राजीनामा दिने बताउनुभएको छ । 

प्रदर्शनकारीले उहाँको निजी निवासमा आगजनी गरेका छन् । तर राष्ट्रपति आफैँ देखिनुभएको छैन र सार्वजनिक बयान दिनुभएको छैन। उहाँ हाल श्रीलङ्काको जल क्षेत्रमा नौसेनाको जहाजमा रहेको सैनिक स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उहाँका भाइ पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि नौसेनाको आधारमा रहेको बताइएको छ । 

दुवै नेताले राजीनामा दिने भने पनि आन्दोलनकारीहरूले नेताहरूको नियतप्रति शङ्का गरिरहेका छन् । “हाम्रो सङ्घर्ष  सकिएको छैन”, विद्यार्थी आन्दोलनका नेता लाहिरु वीरासेकराले भन्नुभयो, “राष्ट्रपति राजापाक्षेले नछोड्दासम्म हामी सङ्घर्ष छोड्ने छैनौँ ।”

आगामी दिन राजनीतिक रूपमा के हुन्छ भनेर हेर्नको लागि अत्यन्तै अनिश्चित समय हुने राजनीतिक विश्लेषक तथा मानवअधिकार वकिल भवानी फोन्सेका बताउनुहुन्छ। एजेन्सी

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ७ : २७ बजे