झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

श्रीलङ्का संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने

कोलम्बो । अभूतपूर्व आर्थिक सङ्कट बीच महिनौँदेखि चलेको विरोधपछि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले  बुधवार राजीनामा दिने भएका छन् । 

राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसद्ले नयाँ नेता चयन गर्नेछ ।

यसअघि शनिवार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ जानुभएको थियो । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन् ।

“प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्”, श्रीलङ्काका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भन्यो ।  प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरिए पनि उनीहरू प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए । 

मे महिनामा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । एजेन्सी

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : २२ बजे