झ्याप्लेखोलाबाट २५ शव निकालियो

यात्रुसहितकाे बस हरायाे

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार

काठमाडौँ । जापानमा पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। उहाँको अवस्था निकै गम्भीर भएको बताइएको छ।

नारा सहरमा आयोजित एउटा कार्यक्रममा सम्बोधन गरिरहेको बेला उहाँमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

जापानको समाचार संस्था एनएचकेका अनुसार भाषण गरिरहेका सिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो । गोली लागेपछि उहाँ ढल्नुभएको थियो । उहाँको शरीर रक्ताम्मे देखिएको थियो।

उहाँको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्रीआवेको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ।

 

 

 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ९ : २३ बजे