कोलम्बो । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार अल्जेरियाको स्वतन्त्रता सङ्ग्रामको विजयको ६०औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति अब्देलमादजिद तेब्बौनलाई बधाइ सन्देश पठाउनुभएको छ ।
६० वर्षअघि अल्जेरियाली जनताले कठिन सङ्घर्षबाट राष्ट्रिय स्वाधीनता र जनमुक्तिको अनुभूति गर्दै अरब र अफ्रिकी जनताको मुक्ति आन्दोलनको गौरवशाली अध्याय खोलेको सीले बताउनुभएको छ ।
अल्जेरियाको स्वतन्त्रता क्रान्तिमा चिनियाँ सरकार र चिनियाँ जनताले सहयोग गरेको र सङ्घर्षका क्रममा दुई देश र त्यहाँका जनताबीच गहिरो मित्रता कायम भएको उहाँले स्मरण गर्नु भएको छ ।
हालैका वर्षहरूमा दुई देशबीचको राजनीतिक आपसी विश्वास निरन्तर सुदृढ हुँदै गएको र द्विपक्षीय व्यावहारिक सहयोग फलदायी भएको पनि राष्ट्रपति सीले बताउँनु भएको छ । साथै उहाँले चीन-अल्जेरिया व्यापक रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्यासइएको पनि उल्लेख गर्नु भएको छ ।
राष्ट्रपति सीले चीन-अल्जेरिया सम्बन्धको विकासलाई उच्च मूल्याङ्कन गर्ने र दुवै देश र जनताको हितका लागि बेल्ट एण्ड रोड इनिसिएटिभको ढाँचाभित्र सबै क्षेत्रमा द्विपक्षीय सञ्चार र सहयोगलाई अगाडि बढाउन राष्ट्रपति तेब्बौनसँग मिलेर काम गर्न तयार रहेको पनि बताउनुभएको छ ।
प्रकाशित मिति : २१ असार २०७९, मंगलबार २ : ५० बजे
प्रतिक्रिया