भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

शेयर बजारमा उच्च अंकको गिरावट 

काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले गिरावट आएको छ । 

साताको दोस्रो कारोबार मंगलबारका दिन नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता शेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको  खरिदबिक्री भएको छ । सोमवारको  तुलनामा मंगलबार कारोवार रकममा पनि गिरावट आएको छ । मंगलबार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियोे ।

मंगलबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको  छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ ।  बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । 

मंगलबार नेप्से परिसूचक गिरावट आए पनि उपकार लघुवित्तको शेयरमूल्य भने ८.२३ प्रतिशत बढेको छ । त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य  नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यता एनएलजी इन्स्योरेन्सको शेयरमूल्य यस दिन ६.५० प्रतिशत घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स र प्रभु इन्स्योरेन्स  शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा ५ करोड ३७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । नबिल बैंक र हिमालयन डिष्टिलरीको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ५ : ३५ बजे