भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल सुरु

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

सो छलफल र त्यसमा उठेका प्रश्नमा अर्थमन्त्रीको जवाफका लागि सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १७, १८ र १९ गतेको समय तोक्नुभएको छ । संवैधानिक व्यवस्थानुसार हरेक वर्षको जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गरिन्छ ।
 

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ११ : ४८ बजे