काठमाडौँ – सरकारले खाना पकाउने एलपीजी ग्यासको मूल्य बढाउने भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै ग्यासको मूल्य बढ्ने भएको हो ।
यसअघि सरकारले उपभोक्ताहरुलाई एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको थियो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ६ : १९ बजे
प्रतिक्रिया