काठमाण्डौ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक बनाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने बताउनुभएको हो ।
उहाँले सगरमाथा क्षेत्रमा जाने अहिलेका सडक मार्ग सुधारको कमसमेत गर्ने बताउनुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ५ : १० बजे
प्रतिक्रिया