काठमाडौँ – सरकारले आगामी ३ वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषणमार्फत भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गर्नुभयो । यसैगरी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने उहाँले घोषणा गर्नुभयो ।
प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार ४ : ४५ बजे
प्रतिक्रिया