चुनाव सकिएपछि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएपछि सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । बैठकले  पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ कायम गरेको  छ ।

निगमको सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : २२ बजे