पश्चिम सेती भारतलाई दिने देउवाको उद्घोष !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको बेला जलायशयुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको सम्झौता हुन सक्ने बताउनुभएको छ । 

आफ्नो गृहजिल्ला डडेल्धुरामा स्थानीयतह निर्वाचनको अन्तिम आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  बुद्धपूर्णिमाको अवसरमा लुम्बिनी भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीसँग उक्त सम्झौता हुन सक्ने बताएका हुन् ।  

‘भारतका प्रधानमन्त्री मोदीजी बुद्धपूर्णिमाको अवसरमा नेपाल आउँदै हुनुुहुन्छ। त्यहिबेला जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजनाको सम्झौता हुन सक्नेछ’, प्रधानमन्त्री देउवाको भनाई छ । 

प्रधानमन्त्री देउवाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतको टिमले पश्चिम सेती जलविद्युत् आयोजना नेपाल आफैंले निर्माण गर्न नसक्ने प्रतिवेदन दिएकाले भारतीय कम्पनीलाई दिनुको विकल्प नभएको बताए । ‘नेपाली आफैंले पश्चिम सेती जलायशयुक्त आयोजना बनाउन सक्ने अवस्था छैन,’ उहाँले भन्नु भयो – ‘विदेशी ल्याएर नै बिजुली बनाउनुपर्ने भएकाले पनि विकल्पमा भारतीय कम्पनीको खोजिएको हो।’

प्रधानमन्त्री देउवाले चीनले निर्माण गरेको जलविद्युत् आयोजनाको बिजुली भारतले नकिन्ने भएकाले पनि भारतको विकल्प खोज्न नसकिएको प्रष्ट पारे । ‘चीनले बनाएको बिजुली भारतले किन्दै किन्दैन। चीनले ठेक्का लिएको आयोजनाको बिजुली पनि किन्दै किन्दैन। त्यसैले पनि भारतीय कम्पनी नै ल्याउनुप¥यो,’ प्रधानमन्त्री देउवाले भने ‘भारतको पनि दुई वटा कम्पनी मात्रै निर्माण गर्न सक्ने भन्ने सुनेको छु। एनविविएन र सतलज दुईवटामध्ये एउटा कम्पनीमार्फत आयोजना निर्माणको काम अघि बढाउनुपर्ला।’ देउवाले भने । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ४ : १२ बजे