सुनको मूल्य घट्यो, ९८ हजारमा कारोबार

काठमाडौँ। सुनको मूल्य प्रतितोला रु.६ सयले घटेर  रु ९८ हजारमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज छापावाल सुनको मूल्य तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य  आज तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । ​​​​​​​बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० मा कारोबार भएको थियो।

त्यसैगरी,  चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ११ : ४९ बजे