भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

युक्रेन युद्धमा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु : राष्ट्रसङ्घ

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयोग (ओएचसीएचआर)ले २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । 

युद्धमा ३ हजार १५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको सङ्ख्या योभन्दा अझै बढी हुने ओएचसीएचआरले जनाएको छ । 

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो कार्यलाई युक्रेनलाई निःशस्त्रीकरण गर्न र फासीवादीहरूबाट जोगाउनको लागि “विशेष कारबाही“ भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् । 

युद्ध अन्त्यका लागि दुवै पक्षबीच पटक पटक भएका वार्ता बिना निष्कर्ष टुङ्गिएका छन् । युक्रेनले दुई देशका राष्ट्रपतिमा तहमा वार्ता हुनु पर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै गर्ने रणनीति लिएको पाइन्छ । एक साताअघि रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभले तेस्रो युद्धको सङ्केत गरेका थिए ।

युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताउँदै आएको रुसले पछिल्लो समयमा पूर्वी युक्रेनमा आक्रमण गरेको छ । एजेन्सी

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : ३४ बजे