झ्याप्लेखोलाबाट २५ शव निकालियो

एआइजीपी थापा बुधबारबाट काममा फर्कने

काठमाडौं – सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा बुधबारबाट काममा फर्किने हुनुभएको छ । 

सोमबार साँझ गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेर आफू बुधबारबाट काममा फर्कने उहाँले बताउनुभएको गृहमन्त्रीका प्रेस सल्लाहकार मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्कन्छु,’ अतिरिक्त महानिरीक्षक थापाले भन्नुभयो, ‘मंगलबार सरकारी बिदा छ । बुधबार हाजिर गरेर काम सम्हाल्छु ।’ 

उहाँ प्रहरीको कार्य विभाग प्रमुख हुनुहुन्छ । कार्य विभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उहाँले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहनुभएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : ५१ बजे