झ्याप्लेखोलाबाट २५ शव निकालियो

दाङमा मतपत्र आइपुग्यो

देउखुरी। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आइपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतपत्र पठाएको हो ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार चार लाख ४३ हजार मतपत्र जिल्लामा आएको छ । दाङमा हाल चार लाख नौ हजार ९०२ मतदाता छन् । यस्तै २०७४ सालपछि थपिएका मतदाताको परिचयपत्र पनि मतपत्रसँगै निर्वाचन आयोगले पठाएको निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो । रासस

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ०७ बजे