झ्याप्लेखोलाबाट २५ शव निकालियो

२४ घण्टाभित्र स्थापितविरुद्धको वक्तव्य हटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्वाचन आयोगले गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको छ ।

आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिएको प्रेस वक्तव्य आचारसंहिताविपरित रहेको ठहरसमेत गरेको छ ।

आयोगले रेनु अधिकारीले सञ्चालन गरेको महिला पुनःस्थापना केन्द्र (ओरेक) र त्यसमा आबद्ध ४० वटा परियोजनाबाट स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र फिर्ता लिएर हटाउन भनेको छ । यसका साथै कुनै उम्मेदवारलाई मत देऊ वा नदेऊ भनेर सामाजिक संस्थाले विज्ञप्ति जारी गरेकोमा कारबाही किन नगर्ने भनेर ३ दिनभित्र स्पष्टीकरण समेत मागेको छ ।

सामाजिक काम गर्न भनेर स्थापना भएको गैरराजनीतिक संस्थाले राजनीतिक दलका उम्मेदवारलाई मत नदिन भनेर वक्तव्य जारी गर्नु गैरकानूनी र आचारसंहिताविपरीत हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ३४ बजे