झ्याप्लेखोलाबाट २५ शव निकालियो

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै पोखरेल र थापाको सर्वोच्च जाने तयारी

काठमाडौं – सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि देखिएको छ । एकै ब्याच भएपनि आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका हुन् ।

पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उहाँहरुले बताउनु भयो ।

सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । २०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापालाई जिल्याउँदै सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : १९ बजे