भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

 किभ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।

उहाँहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगका विषयमा कुराकानी भएको थियो । त्यसक्रममा युक्रेनका लागि आवश्यक सहयोग र समन्वयका बारेमा कुराकानी भएको युक्रेनका राष्ट्रपतिले जानकारी दिनुभएको छ ।

उहाँले ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको बताइएको छ । यसअघि उहाँले दुई दिन अघिमात्र पनि फ्रान्सेली राष्ट्रपति इमानुयन म्याक्रोँसँग पनि कुराकानी गर्नुभएको थियो । युक्रेनमा रुसले आक्रमण गरेपछि पछिल्ला समयमा युक्रेनका लागि मानवीय सहायताको खाँचो परेको बताइन्छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ३० बजे