भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

अमेरिकी दूतावासद्वारा श्रीलङ्कामा हुने विरोध प्रदर्शन अघि “प्रदर्शन चेतावनी” जारी

कोलम्बो ।  श्रीलङ्कामा रहेको अमेरिकी दूतावासले कोलम्बोमा हुने शहरव्यापी विरोध प्रदर्शन अघि "प्रदर्शन चेतावनी" जारी गरेको छ।

देशको आर्थिक अवस्थाको विरोध गर्न आइतबार कोलम्बो र वरपर धेरै प्रदर्शन र मार्चको योजना बनाइएको छ। "प्रदर्शनले कोलम्बो भित्रको यात्रालाई अझ कठिन बनाउने र दिनभर सडक बन्द र ट्राफिक जाम निम्त्याउने सम्भावना छ," अमेरिकी दूतावासले जनाएको छ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ। यसले खाद्यान्न र बिजुलीको अभावसँग जुधिरहेको छ जसले धेरै मानिसहरूलाई असर गरिरहेको छ ।

अहिले देशलाई आफ्ना छिमेकीहरूबाट सहयोग लिन बाध्य पारिरहेको छ।
कोभिड-१९ महामारीको समयमा पर्यटनमा रोक लगाएको कारणले गर्दा विदेशी मुद्राको अभाव भएकाले मन्दी आएको हो। यसले देशलाई पर्याप्त इन्धन किन्न असमर्थ बनाएको छ । मानिसहरूले खाद्यान्न र आधारभूत आवश्यकताहरू जस्तै इन्धन र ग्यासको तीव्र अभावको सामना गरिरहेका छन्।
 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ०४ बजे