झ्याप्लेखोलाबाट २५ शव निकालियो

निर्वाचन आयोगले आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दै छ । 

स्थानीय तह निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट उम्मेदवार भएकाहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने भएको हो । 

शुक्रवार उम्मेदवारी फिर्ताको कार्य तालिका थियो । त्यसअघि भने आयोगले उम्मेदवारी दर्ता, दाबी–विरोध र उजुरीको जाँचबुझ गरेको थियो ।

यी प्रक्रिया पूरा भएपछि आयोगले आज निर्वाचन चिह्न प्रदान गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले दिएको निर्वाचन चिह्नमा मतदाताहरूले उम्मेदवारलाई मतदान दिन्छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ८ : ५३ बजे