झ्याप्लेखोलाबाट २५ शव निकालियो

आचारसंहिता उलंघन गर्दै बहालवाला मन्त्री, गृहमन्त्रीको सकृयता आयोगको नोटिसमा

 काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण पार्टीको आन्तरिक विवाद मिलाउन सक्रिय रहेको विषय ‘नोटिस’ मा रहेको निर्वाचन आयोगले  जनाएको छ ।

आयोगको नियमित पत्रकार सम्मेलनमा गृहमन्त्री खाँण चितवन पुगेर बागी उम्मेदवारलाई मनाउन पुगेको बारे प्रश्न सोध्दा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले यस विषयमा छिट्टै निर्णय लिने बताएका छन् ।

‘दलका आन्तरिक विषयमा सार्वजनिक पदमा रहेको व्यक्तिको सक्रियताबारे आयोगको ध्यानाकर्षण हुनेछ र भएको पनि होला । सार्वजनिक पदमा भएकाहरूले सोही अनुसारको आचारसंहिता पालना गर्नुपर्छ भन्नेमा आयोग दृढ छ’, अर्यालले भने ।

चुनावी प्रचारका दौरान विभिन्न व्यक्तिहरूले अभिव्यक्ति दिँदा हेट स्पीच र मिथ्या सूचना फैलन नदिन आयोगले निर्देशिका नै बनाएको र त्यसमा काम भइरहेको अर्यालको भनाइ छ ।

‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसावमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अफ्ठ्यारो भयो भन्ने हिसावले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भन्नेनुभयाे ।  ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पक्लिक रिस्पोन्सिबिलिटिज हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’ उहाँले भन्नुभयाे ।

बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ५ : २३ बजे