भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

महासचिव गुटेरेसद्वारा रुसलाई आईसीसीलाई सहयोग गर्न आग्रह

बुचा।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार रुसलाई युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानमा अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई सहयोग गर्न आग्रह गर्नुभएको छ।

"म आईसीसीलाई पूर्ण समर्थन गर्दछु र रुसी संघलाई आईसीसीलाई सहयोग गर्न स्वीकार गर्न अपील गर्दछु। तर जब हामी युद्ध अपराधको बारेमा कुरा गर्छौं, हामी बिर्सन सक्दैनौं कि सबैभन्दा खराब अपराध भनेको युद्ध नै हो," संयुक्त राष्ट्रसंघका प्रमुखले भ्रमणको क्रममा भन्नुभएको छ। 
 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ३२ बजे