झ्याप्लेखोलाबाट २५ शव निकालियो

आज उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारीमा निर्वाचन आयोग

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज बिहीबार प्रकाशन गरिने भएको छ ।

वैशाख १२ र १३ गते दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेकामा आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने भएको छ ।

वैशाख १६  गते साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रवार नै प्रकाशन हुनेछ । 

निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । 

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : १६ बजे