झ्याप्लेखोलाबाट २५ शव निकालियो

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गे पहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । 

किसानको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई  सामान्य चोट लागेको छ । 

बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो । उक्त सडक खण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । रासस  

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ७ : ०९ बजे