काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गए राति ट्रक र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षीय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
गए राति पौने १० बजे लु२ख १९४२ नम्बरको ट्रक र ना५च २८७३ नम्बरको जीप ठोक्किएका थिए । दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।
प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ११ : १४ बजे
प्रतिक्रिया