काठमाडौँ । सुनको मूल्य आज प्रतितोलामा तीन सय रुपैयाँले घटेका छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मङ्गलवार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्य आज प्रतितोला ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि आज प्रतितोलामा १० रुपैयाँले घटेको छ । मङ्गलवार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार ११ : ११ बजे
प्रतिक्रिया