झ्याप्लेखोलाबाट २५ शव निकालियो

आज र भोलि उम्मेदवार विरुद्धको उजुरीमाथि छानबिन हुने, शनिवार चुनाव चिह्न

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि(जाँचबुझ)छानबिन थाल्ने भएको छ । 

आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मङ्गलवार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आज र भोलि  छानबिन गरेर आयोगले निर्णय पनि लिनेछ । 

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने आयोग जनाएको छ । 

निर्वाचन आयोगका अनुसार वैशाख १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रमुखमा ३ हजार ४ सय ६६, अध्यक्षमा ३ हजार ३ सय ७८, उपप्रमुखमा २ हजार १ सय ३६ र उपाध्यक्षमा २ हजार ३ सय ९२ को मनोनयन परेको छ । 

यसैगरी, वडा अध्यक्षमा ३४ हजार ९ सय ४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४ सय ७० र वड सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

 

 

 

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : १२ बजे