झ्याप्लेखोलाबाट २५ शव निकालियो

भक्तपुरमा एक हजार एक जनाले उम्मेदवारी दर्ता गराए

भक्तपुर – भक्तपुरका चार पालिकाको प्रमुखमा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय भक्तपुरले आज ढिलो गरी सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार सबभन्दा बढी उम्मेदवार चाँगुनारायण नगरपालिकामा परेको छ । 

चाँगुनारायण नगरपालिकाको प्रमुखमा २२ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका भीमविसीले जानकारी दिनुभयो । भक्तपुर नगरपालिका १४, मध्यपुरथिमि नगरपालिकामा १४ र सूर्यविनायक नगरपालिकामा १५ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका चार पालिकाको उपप्रमुखमा ३५ ले उम्मेदवारी दिएका छन् । जसमध्ये चाँगुनारायण नगरपालिकामा १०, भक्तपुर नगरमा नौ, मध्यपुरथिमिमा नौ र सूर्यविनायक नगरमा सात उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयले भक्तपुरमा सबै पदमा गरी कूल एक  हजार एकले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बिसीले जानकारी दिनुभयो ।

रासस

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ९ : ५९ बजे