यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको चाँदी मंगलबार पनि सोही भाउ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ३४ बजे