भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्रपति सीद्वारा चीनका विश्वविद्यालयहरूको विकास गर्न नयाँ बाटो खोज्न आह्वान

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले सोमबार चिनियाँ विशेषता भएका विश्वस्तरीय विश्वविद्यालयहरू निर्माण गर्न नयाँ बाटो अघि बढाउन आह्वान गरेका छन् ।

    चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले बेइजिङस्थित चीनको रेनमिन विश्वविद्यालयको भ्रमणका क्रममा उक्त टिप्पणी गरेका हुन् ।

    राष्ट्रपति सीले पार्टीको नेतृत्वलाई पछ्याउन र विश्वविद्यालयहरू चलाउने क्रममा क्रान्तिकारी परम्परालाई पारित गर्न जोड दिएका छन् । उनले चीनका विश्वविद्यालयहरू विदेशी मापदण्ड र मोडेलको नक्कल गर्नबाट जोगिँदै आफ्नै विशेषताको हुनुपर्ने समेत बताएका छन् ।

रासस÷सिन्ह्वा

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ५७ बजे