यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सेयरबजारमा ३४ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३४.९५ अंकले घटेर दुई हजार ३ सय ८६ दशमलब १ अंक बन्द भएको छ ।

आइतबार ९६ अंकले बढेको नेप्सेमा सोमबार ३४ अङ्कले घटेको छ । नेप्सेमा ५० लाख ४७ हजार कित्ता सेयर खरिद बिक्रीभएको छ भने दुई अर्ब चार करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

शेयर बजारमा लाईफ र नन् लाईफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै घाटा व्यहोर्नु परेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ४० बजे